२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सन्यासको घोषणा गरे फेडेररले

सन्यासको घोषणा गरे फेडेररले

एजेन्सी । चर्चित टेनिस खेलाडी रोजर फेडेररले संन्यासको घोषणा गरेका छन् । फेडेररले बिहीबार लन्डनमा अर्को हप्तादेखि सुरु हुने लभेर कप आफ्नो अन्तिम एटिपी प्रतियोगिता हुने घोषणा गरेका हुन् ।

विश्व टेनिसमा आफ्नो छुट्टै पहिचान बनाएका फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेको छन् । ४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

पछिल्लो समय इन्जुरीका कारण कोर्टबाहिर रहँदै आएका फेडेररले सन् २०११ पछिको ११ ग्रान्डस्लाममध्ये तीनमा मात्र प्रतिस्पर्धा गरेका थिए । उनले लगातार तेस्रो पटक घुडाको सर्जरी गर्नु परेसंगै कोर्टबाट बिदा लिने निर्णय गरेको थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com