२०८३ बैशाख १० - Thu Apr, 2026 -

Janasewa News

छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू

काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकहरू छलफलमा जुट्दैछन् ।

उनीहरुबीच प्रतिनिधि सभाको क्यालेन्डर, वैशाख १२ गतेदेखि सुरु हुने संसदको वर्षे अधिवेशन लगायतका विषयमा आज बिहान ११ बजे छलफल हुन लागेको हो ।

संघीय संसदको वर्षे अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ । बजेट अधिवेशनका रुपमा लिइने अधिवेशनमा बजेट आउनुभन्दा अगाडि संसद्मा गरिने कार्यलाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।

नीति तथा कार्यक्रम र प्रिबजेट छलफल भएपछि मात्रै संसद्मा बजेट प्रस्तुत हुन्छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुभन्दा १५ दिन अगाडि प्रिबजेट छलफल सकाउनुपर्ने कानुनी व्यवस्था छ ।

सरकारले प्रिबजेट छलफल अगाडि नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

यी लगायतका कार्यका साथमा केही महत्वपूर्ण विधेयक समेत अगाडि बढाउने तयारी छ ।

विद्यालय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक वर्षे अधिवेशनमै पास गर्नुपर्ने सरोकारवालाहरूको माग छ । यसबाहेक अन्य विधेयकहरू समेत संसदीय प्रक्रियामा छन् ।

यी विषयमा छलफल गर्न सभामुख र प्रमुख सचेतकहरू छलफलमा जुट्न लागेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com