२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

विपत् कोषमा ६ अर्ब ७९ करोड

विपत् कोषमा ६ अर्ब ७९ करोड

मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययो जना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घर धुरीका करिब २० लाख जनसङ्ख्या प्रभावित हुन अनुमान गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार सम्भावित विपत् व्यवस्थापन प्रभावकारी तथा सहज बनाउन सरकारले प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमार्फत तीन अर्ब पाँच करोड ९१ लाख, राष्ट्रिय विपत् व्यवस्थापन कोषबाट दुई अर्ब छ करोड, प्रदेश विपत् व्यवस्थापन कोष सात प्रदेशबाट एक अर्ब आठ करोड ५४ लाख १९ हजार रुपियाँ गरी छ अर्ब ७९ करोड ९० लाख नौ हजार रुपियाँ विपत् व्यवस्थापन कोषमा जम्मा भइसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com