बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. मा १५% छुट


प्रेस विज्ञप्ति
२३ पौष, २०७८ काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. बिच बैंकको
डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी
भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% छुट उपलब्ध गराउने
सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले सेरेन हस्पिटालिटी सर्भिसेज
प्रा. लि. मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५% छुट पाउनुहुनेछ । उक्त
छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल
बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. ले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरुप्रदान गर्दै आईरहेको
छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन
काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दैआईरहेकोछ ।