२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजना गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएको उल्लेख गर्दै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताउनुभयो । आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्त्याएको हुँदा सोचेअनुसार काम हुन नसकेको र आगामी वर्ष सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने उहाँको भनाइ थियो ।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको अवलोकनसमेत गर्नुभएका मुख्यमन्त्री पोखरेलले त्यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । कोरोनाको तेस्रो लहरबाट बच्न सबै नागरिक सचेत हुन उहाँले आग्रह गर्दै केही महिनाभित्र सबैलाई कोरोनाविरुद्धको खोप लगाइने बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com