२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

रास्वपा र बालेनबीचको एकता कांग्रेका लागि चुनौती छैन, :उपसभापति धनराज गुरूङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको मिलन कांग्रेका लागि चुनौतीको विषय नरहेको बताएका छन्।

आइतबार पत्रकारहरूसँगको कुराकानीमा उपसभापति गुरूङले रास्वपा र बालेनबीचको एकतालाई अनौठो नमानेको र उनीहरूको एकता कांग्रेसका लागि कुनै चुनौतीको विषय नरहेको बताएका हुन्।

को – को मिल्छन् को – को फुट्छन् राजनीतिक यात्राका यो भइरहने कुरा हो। त्यसकारण यसलाई अनौठो मान्न हुँदैन उनले भने।

राजनीति सँधै चुनौतीपूर्ण हुने बताउँदै उनले कांग्रेस हरेक चुनौतीको सामना गर्न तयार रहँदै आएको उपसभापति गुरूङले बताए।

कांग्रेसले राणाविरूद्ध लडेको, पञ्चायती चुनौती फेस गरेको, अब अहिले आएर को -को मिल्छन् त्यसलाई खासै चुनौतीको ढंगले लिएको छैन, उनले भने।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com