२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ सर्वसम्मत रूपमा अनुमोदन

जनसेवा न्युज संवाददाता

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

समितिले मंगलबार श्रेष्ठको सुनुवाइ गर्दै उनलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो।

सुनुवाइको क्रममा श्रेष्ठले सर्वोच्चमा ज्यादै समस्या आएको बताए।

न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उनले बताए।

सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ। जसले न्यायाधीश र कर्मचारीको निगरानी अनुसन्धान र जाँच गर्छ।’

सर्वोच्चमा मुद्दा धेरै भएकोले गर्दा न्याय ढिलो भएको उनले धारणा राखे।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com