२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

शङ्खरापुरको नगरप्रमुखमा राप्रपाका रमेश नापित विजयी

शङ्खरापुरको नगरप्रमुखमा राप्रपाका रमेश नापित विजयी

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित विजयी हुनुभएको छ । नापितले चार हजार ७०० मत पाउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिनुभयो ।

नेकपा (एमाले) का कृष्णलाल बजगाईँले तीन हजार ६२२ मत पाउनुभयो । नेकपा (माओवादी केन्द्र) का मधु केसी नीरजले दुई हजार २२२ मत पाउनुभएको उहाँले बताउनुभयो । जनता समाजवादी पार्टीले भने ९२ मत मात्र प्राप्त गरेको थियो । विसं २०७४ को निर्वाचनमा राजधानीमा राप्रपाले स्थानीय तहको प्रमुखमै जीत हासिल गर्न सकेको थिएन ।

उपप्रमुखमा कांग्रेस

उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठ विजयी हुनुभयो । उहाँले छ हजार ३६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले तीन हजार २९८ मत पाउनुभयो । शङ्खरापुरमा कांग्रेस र समाजवादीको गठबन्धन थियो ।

वडाध्यक्षमा क्रमशः १ बाट एमालेका बाबुराम दङ्गाल, २ मा कांग्रेसका रनबहादुर तामाङ, ३ मा राप्रपाका सूर्य तामाङ, ४ मा कांग्रेसका सोनाम तामाङ, ५ मा एमालेका शेरगम्भीर थापा, ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ, वडा नं ७ पनि राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ, ८ मा कांग्रेसका पोते थिङ र वडा नं ९ मा पनि कांग्रेसकै सहदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँचवटा वडा पनि एमालेले जितेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com