२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

कांग्रेस नेतृद्वय सविता राई र शारदामाया तामाङ माओवादी केन्द्रमा प्रवेश

कांग्रेस नेतृद्वय सविता राई र शारदामाया तामाङ माओवादी केन्द्रमा प्रवेश

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका नेतृद्वय सविता राई र शारदामाया तामाङ नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन् । आइतबार नेतृद्वय सविता राई र शारदामाया तामाङलाई माओवादी केन्द्र, सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक असिम राईले पार्टीमा स्वागत गरेका हुन् ।

नेतृ राई २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनलाई माओवादी केन्द्रबाट थुलुङ दूधकोशी गाउँपालिकाको उम्मेदवार बनाउने तयारी गरिएको बताइएको छ ।

त्यस्तै सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा माओवादी केन्द्र प्रवेश गरेकी नेतृ शारदामाया तामाङ सोलुदूधकुण्ड नगरपालिकाकी प्रवक्ता थिइन् । जानकारी अनुसार तामाङ माओवादी केन्द्रको तर्फबाट आगामी निर्वाचनमा सोलुदूधकुण्ड नगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्ने भएकी छन् ।

नेतृद्वय सविता राई र शारदामाया तामाङसहित दर्जनौं नेता–कार्यकर्तालाई थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका असिम राई, पूर्व संयोजक गोम्बु शेर्पा र जिल्ला सह–इन्चार्ज ध्रुव पराजुलीले पार्टीमा स्वागत गरेका हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com