२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

व्यापारीका प्रतिनिधि राखेर, कमिसन खाएर बजेट बनाइयो : ओली

व्यापारीका प्रतिनिधि राखेर, कमिसन खाएर बजेट बनाइयो : ओली

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाउनुभएको छ ।

आज बिहीवार काठमाण्डौमा आयोजित पालिका चुनावमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले बजेट बनाउँदा अनधिकृत व्यक्तिहरू राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वमा कतै नसुनेको, बजेट बनाउँदा बाहिरका अनधिकृत मान्छेहरू राखेर बजेट बनाइन्छ । दुनियाँमा कतै कल्पना गरिँदैन । बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव, आदिले तयार गर्छन् । त्यस ठाउँमा त्यस्ता मान्छेहरू बाहेक अरू नै प्रकारका मान्छेहरू अनधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिन्छ । व्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिन्छ । कमिसन खाएर करका दर तोकिन्छ । यो त पञ्चायत कालमा पनि हुँदैन थियो ।’

अध्यक्ष ओलीले पार्टीका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरू पार्टीले दिएको ओहोदा, सुविधाहरू उपभोग गरेर पार्टीकै अपमान, बेइज्ज्त गरिरहेका बताउनुभयो । केही समयअघि नेता भुसालले नेकपा एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिनुभएको थियो । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको विरोध र पार्टी नेतृत्वलाई बदनाम गर्न तथा विस्थापित र धाँदली गर्न लागिपरेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर बाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधि विरुद्धमा अगुवाइ गरिरहेको बताउनुभयो । उहाँले देशहितविरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्न पनि निर्देशन दिनुभयो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com