२०८३ बैशाख १० - Thu Apr, 2026 -

Janasewa News

काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको छ ।

तत्काल उपत्यकामा ठूलो वर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी तीन दिनसम्म अहिलेकै अवस्था रहने देखिएको र त्यसपछि क्रमश मौसममा सुधार हुने जानकारी दिइन् । उनले आगामी दिन देशभर मौसम बदली हुने देखिएको उल्लेख गरिन् । कोशी, बागमती, मधेश, र लुम्बिनी प्रदेशमा केहि स्थानमा हल्का बर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका केहि शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल समेत गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com