२०८३ असार ३१ - Wed Jul, 2026 -

Janasewa News

जापानलाई ९ विकेटले हराउँदै नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । नेपालको महिला यु १९ टोली एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको म्याचमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमा अलआउट गरेको थियो । नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले २-२ विकेट लिए । अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले १- १ विकेट बाँडे ।

जवाफी ब्याटिङमा नेपालले ११.२ ओभरमा १ विकेट मात्रै गुमाएर लक्ष्य भेट्यो । नेपालकी ओपनर साना प्रविण १६ बलमा १८ रन बनाएर आउट भइन् । सावित्री धामीले ३२ बलमा ४१ रन र कप्तान सोनी पाख्रीनले २२ बलमा १८ रन बनाएर अविजित रहे ।

नेपालले समूह चरणमा यसअघि सिंगापुर र हङकङलाई पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले यूएईसित प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com