२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

रचिनको दोहोरो शतक तथा केनको दुई शतकमा न्यूजिल्यान्ड २८१ रनले विजयी

काठमाडौँ- पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा न्यूजिल्यान्डले शानदार जित हात पारेको छ ।

बुधबार सम्पन्न पहिलो खेलमा घरेलु टोली न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई २ सय ८१ रनले पराजित गरेको हो । जितसँगै न्यूजिल्यान्डले सिरिजमा १-० को अग्रता लिएको छ ।

पहिलो टेस्टमा ५ सय २९ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २ सय ४७ रनमै सबै विकेट गुमाउन पुग्यो । दक्षिण अफ्रिकाका लागि दोस्रो इनिङ्समा डेभिड बेडिङ्घमले सर्वाधिक ८७ रन बनाए ।

न्यूजिल्यान्डका लागि कायल जामिसनले ४ तथा मिचेल सान्टनरले ३ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले पहिलो इनिङ्समा ५ सय ११ रन जोडेको थियो । उसका लागि रचिन रविन्द्रले २ सय ४० रन बनाउँदा केन विलियम्सनले १ सय १८ रन जोडे ।

दक्षिण अफ्रिकाका निल ब्रान्डले सर्वाधिक ६ तथा रुआन डी स्वार्टले २ विकेट हात पारे ।

यता दक्षिण अफ्रिकाले भने पहिलो इनिङ्समा १ सय ६२ रन बनाउँदा किगन पिटरसनले सर्वाधिक ४५ रन जोडे । न्यूजिल्यान्डका म्याट हेनरी र मिचेल सान्टनरले समान ३-३ विकेट हात पारे ।

न्यूजिल्यान्डले भने १ सय ७९ रन जोडेर ४ विकेट गुमाउँदा दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । न्यूजिल्यान्डका लागि केन विलियम्सनले १ सय ९ रन बनाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com