२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

साफ महिला यु–२० को च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच भिडन्त

साफ महिला यु–२० को च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच भिडन्त

बङ्गलादेश। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने भएका छन् ।

बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश भिड्न लागेका हुन । फाइनल खेल बिहीबार हुनेछ ।

यस जितसँग तीन खेलमा सात अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अङ्क विहीन हुँदै बाहिरियो । भुटानसँग बङ्गलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको छ, भारतले तीन खेलमा चार अङ्क जोडेको थियो ।एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com