पुलिसलाई हराउँदै संकटाको पहिलो जित

पुलिसलाई हराउँदै संकटाको पहिलो जित
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत संकटा क्लबले पहिलो जित हात पारेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै संकटाले पहिलो जित हात पारेको हो ।
संकटाका लागि गणेश हमाल, रोहन पहारी र सुरज ठकूरीले एक-एक गोल गरे । गणेशले १२ औँ मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । रोहनले ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाउँदा सुरजले ८६ औँ मिनेटमा संकटाको जित सुनिश्चित गरे ।
पुलिसको यो लगातार तेस्रो पराजय हो ।
यता १० खेलाडीमा सिमित एपीएफ क्लबसँग जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेको छ । एपीएफका अडामा डोम्बियाले रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।