२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

युनाइटेड र सिटीबीचको बहुप्रतिक्षित भिड्न्त आज

युनाइटेड र सिटीबीचको बहुप्रतिक्षित भिड्न्त आज

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच खेल हुँदैछ । युनाइटेडको मैदानमा हुने ‘म्यानचेस्टर डर्बी’ पछिल्ला वर्षहरूकै सबैभन्दा अपेक्षा गरिएको तथा प्रतिस्पर्धात्मक हुने विश्लेषण गरिएको छ ।

पछिल्लो समय युनाइटेडले लगातार ८ खेलमा जित हात पारेको छ र सिटीमाथि जित पारे सन् २०१३ मा अलेक्स फर्गुसनले क्लब छाडेपछिकै लगातार धेरै खेल जित्ने कीर्तिमानको बराबरी गर्नेछ ।

यता लिगमा युनाइटेडभन्दा केवल ४ अंकले अगाडी रहेको सिटीले भने कारबाओ कपमा गत बुधबार साउथाम्पटनविरुद्ध पराजय भोगेको थियो ।

बीबीसीले उल्लेख गरे अनुसार सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोला पनि युनाइटेडको पछिल्लो सुधारबारे स्पष्ट छन् । गुआर्डियोलाका अनुसार युनाइटेड उपाधि दौडमा रहेको छ ।

पछिल्ला १८ खेलमा युनाइटेडले सिटीविरुद्ध केवल एक खेलमा पराजय भोगेको छ । गत अक्टोबरमा सिटीले युनाइटेडलाई ६-३ ले पराजित गरेको थियो ।

युनाइटेडका प्रशिक्षक एरिक टेन हागले सिटीविरुद्ध खेल्दा आफ्नो टिम कहाँसम्म आइपुगेको भनेर प्रमाणित गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

युनाइटेडका एन्थनी मार्सियल घाइते भएका कारण पछिल्ला ६ खेलमा ७ गोल गरेका मार्कस रासफोर्डले सिटीविरुद्ध सेन्टर(फरवार्डको भूमिका रहनेछन् । सिटीका लागि भने डिफेन्डर जोन स्टोन्सबिना नै मैदानमा उत्रनेछ । लिगको १६ खेलमा २१ गोल गरेका सिटीका भरपर्दा स्ट्राइकर अर्लिङ हालान्डको जादू भने हेर्न पाइनेछ ।

लिगमा १७ खेलबाट आर्सनलले ४४ अंक जोड्दा सिटीका ३९ अंक छ । युनाइटेडले भने ३५ अंक बटुलेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com