२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

साफ यु–१९ महिला फुटबमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल बुधबार दिउँसो पौने ३ बजे ढाकामा हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा मैदानमा उत्रँदैछ । यसअघि नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ। श्रीलंका अंकविहीन रहेको छ। श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन ।

यसअघि श्रीलंका भुटान र भारतसँग पराजित भएको थियो । च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ । राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com