२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

पाराग्वेमाथि ब्राजिलको सानदार जित

एजेन्सी । विश्वकप छनोट खेलमा ब्राजिलले सानदार जित निकालेको छ । बुधबार भएको खेलमा ब्राजिलले पराग्वेलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिललाई सानदार जित दिलाउनका लागि राफिन्हा, फिलिपे कौटिन्हो, एन्टोनी र रोड्रिगोले समान एक–एक गोल गरे ।

खेलको २८औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ६२औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा एन्टोनीले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए । ८८औं मिनेटमा रोड्रिगोले गोल गर्दै ब्राजिललाई सानदार जित दिलाए ।

ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । अपराजित ब्राजिलले १५ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com