२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहको म्यानचेस्टर सिटीले सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएकोको खेलमा सिटीले ब्रेन्टफर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउनको लागि रियाद महारेज र केभिन डि ब्रुयनले समान एक(एक गोल गरे ।

खेलको ४०औँ मिनेटमा महारेजले पोनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा रहिम स्टर्लिङलाई ब्रेन्टफर्डका खेलाडीले फउप गरेपछि सिटीले पेनाल्टी पाएको थियो ।

६९औँ मिनेटमा ब्रुयनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । उनले स्टर्लिङको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल सिटीले जित्यो ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई १२ अंकले पछि पारेको छ । सिटीले २४ खेलबाट ६० अंक जोडेको छ भने लिभरपुलको ४२ अंक रहेको छ । पराजित ब्रेन्टफर्ड २३ अंकसहित १४औँ स्थानमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com