२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पेलेले प्रशंसकका लागि जारी सन्देशमा भने – म बलियो छु, विश्व कप हेर्दैछु

पेलेले प्रशंसकका लागि जारी सन्देशमा भने – म बलियो छु, विश्व कप हेर्दैछु

ब्राजिलका दिग्गज फुटबल खेलाडी पेलेले आफू सकारात्मक र बलियो भएको बताएका छन् । एक इन्स्टाग्राम पोस्टमार्फत् पेलेले सबैलाई शान्त र सकारात्मक रहन अपिलसमेत गरेका छन् ।

पेलेले आफ्ना लागि प्रशंसकहरुले पठाइरहेको संदेश र विश्व कपमा ब्राजिलले खेलिरहेको खेल हेरेपछि आफूलाई ऊर्जा मिलेको बताएका छन् ।

उनले भने, ‘म आशावादी छु, बलियो छु र सधैँ झैँ आफ्नो उपचार गराइरहेको छु । मैले पाइरहेको राम्रो हेरविचारका लागि म पूरा मेडिकल र नर्सिङका टोलीलाई धन्यवाद दिन चाहन्छु ।’

‘मलाई भगवानमा विश्वास छ र विश्वभरीबाट पाइरहेको प्रेमपूर्ण सन्देशले मलाई ऊर्जावान् बनाइरहन्छ । म विश्व कपमा पनि ब्राजिललाई हेरिरहेको छु । यी सबै चिजका लागि धन्यवाद ।’

८२ वर्षका पेले साओ पाउलोको इस्राइलिटा अल्बर्ट आइस्टाइन अस्पतालमा भर्ना भएका छन् । उनलाई मंगलबार सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो । शुक्रबार अस्पतालले दिएको जानकारी अनुसार उनको स्वास्थ्य स्थिति स्थिर छ ।

तर शनिबार केही रिपोर्टमा बताइए अनुसार पेलेको अवस्था नाजुक छ र उनको शरीरमा केमोथेरापीले असर गरिरहेको छैन ।

पछि अस्पतालले आधिकारिक बयान जारी गरेर पेले ठिक भएको र उनको शरीरले उपचारमा प्रतिक्रिया दिइरहेको जानकारी दियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com