२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

पाल्पा जिप्रकामा अत्यावश्यकबाहेकका अन्य सेवा बन्द

पाल्पा । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज (आइतबार) देखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ ।

पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो । सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । जिप्रकाले कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com