२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्छ : अध्यक्ष केसी

गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताए ।

सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भनेका छन्, ‘कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेका छैनन् र त्यसबारे कैयौँ असमझदारी उत्पन्न हुने गरेका छन् । यदि, त्यो कारणले पाँच दलीय तालमेलमा केही कमजोरी देखा पर्‍यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्नेछ र त्यसका कैयौँ दूरगामी राजनीतिक दुष्परिणाम हुने छन् । जसका लागि त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

उनले जनमोर्चालाई एउटा पनि महत्वपूर्ण नगरपालिका नदिएको भन्दै गुनासो पनि गरेका छन् । गठबन्धन दलको बैठकमा भने यसअघि कुनै एउटा महत्वपूर्ण नगरपालिका जनमोर्चालाई दिने सहमति भएको उनको दाबी छ ।

तर, पछिल्लो समय पटक पटक बसेको बैठकमा पनि गठबन्धनका अन्य दलहरूले दिन वास्तै नगरेको अध्यक्ष केसीको दुःखेसो छ । तैपनि गठबन्धन दलहरू बीचको तालमेलमा भने बाधा नपुर्‍याउने स्पष्ट पारेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com