२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा छाड्दिन : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुवई पु¥याएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् । विहीबार मन्त्रालयमा भिजिट भिसामा दुवई पुगेर दुःख पाएका युवाहरुसँगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारेका हुन् ।

उनले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग गर्न आग्रह समेत गरे । भिजिट भिसामा दुवई पुर्‍याउने गरेका विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए ।

‘भिजिट भिसा’मार्फत दुवईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उनले जानकारी दिए । उनले मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताए ।

दुःख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारबाही गर्ने उनले स्पष्ट पारे । त्यस्तै पीडित युवाहरुले आफूहरुले चर्को मूल्य तिरेर केही व्यक्तिमार्फत् दुवई गएको र अलपत्र परेको गुनासो गरे । उनीहरुले आकर्षक तलबको बहानामा आफूहरुलाई झुक्याएको बताएका थिए ।

पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com