२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

हेटौंडा उपमहानगरपालिका को मेयरमा एमालेबाट पौडेल, उपमेयरमा काफ्ले उम्मेद्‌वार

हेटौंडा उपमहानगरपालिका को मेयरमा एमालेबाट पौडेल, उपमेयरमा काफ्ले उम्मेद्‌वार

मकवानपुर । आसन्‍न स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेललाई उम्मेद्‌वार बनाउने निर्णय गरेको छ ।

पौडेल संविधानका पुर्व सदस्यसमेत हुन् । उनीसँगै अन्तिमसम्म टिकटको दाबी गर्दै आएका हाल बहालवाला मेयर हरिबहादुर महत अब टिकटको दौडबाट बाहिरिएका छन् । यसैगरी उपमेयरमा अनेमसंघ मकवानपुर जिल्ला अध्यक्ष सुमित्रा काफ्लेको उम्मेदवारी हुने भएको छ । एमालेको शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको हो ।

यस अघि उपमेयरमा अधिकारकर्मी तथा नेतृ आरती पाठकको पनि चर्चा थियो । हेटौंडाको मेयरका लागि ९ जना र उपमेयरका लागि ७ जनाको दाबी रहँदै आएको थियो । अब पार्टीले आफ्नो नीति र विधि अनुसार निर्वाचनको लागि मैदानमा प्रतिबद्धता र घोषणापत्र लिएर उत्रनेछु मेयरका उम्मेद्‌वार पौडेलले भने ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com