२०८३ जेष्ठ २४ - Sun Jun, 2026 -

Janasewa News

कास्कीमा दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि

कास्की । कास्की दूध व्यवसाय सङ्घ कास्कीको आज बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ । सङ्घले प्रेस विज्ञप्ति प्रकाशित जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ ।

सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०५ किसानलाई र ३०५ व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उल्लेख छ । यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति कास्की दूध व्यवसायी सङ्घ क्षमा प्रार्थी भएको विज्ञप्तिमा जनाइएको छ ।

फ्याट छ÷एसएनएफ आठ भएको भैँसीको दूध प्रतिलिटर १३० रुपैयाँ, फ्याट पाँच÷एसएनएफ आठ भएको भैँसीको दूध प्रतिलिटर १२० रुपैयाँ, फ्याट चार÷एसएनएफ आठ भएको गाईको दूध प्रतिलिटर १००, नौनी ध्यू प्रतिकेजी ९००, पनिर प्रतिकेजी ८००, कुराउनी प्रतिकेजी एक हजार, चिज प्रतिकेजी एक हजार १००, घ्यू प्रतिलिटर एक हजार १००, सादा दही प्रतिलिटर १४०, बट्टा दही ९स्पेशल० प्रतिलिटर १७० मूल्य कायम गर्ने निर्णय गरिएको सचिव जमूना ढकाल जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com