२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

रोल्पाको माडी गाउँपालिका अध्यक्षमा माओवादीका घर्तीमगर विजयी

रोल्पाको माडी गाउँपालिका अध्यक्षमा माओवादीका घर्तीमगर विजयी

 

रोल्पा । रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय घर्तीमगरले तीन हजार ३७१ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका जयपुरी घर्तीमगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत प्राप्त गरेका छन् । सो गाउँपालिका–१, २, ४, ५ र ६ मा नेकपा माओवादी केन्द्र र वडा नंं ३ मा नेकपा (एकीकृत समाजवादी) ले विजयी हासिल गरेका छन् ।

माडी गाउँपालिकामा कांग्रेस–एमाले–स्वतन्त्र र माओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com