२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

जबराको बयान : समिति र संसदमाथि नै प्रश्न

जबराको बयान : समिति र संसदमाथि नै प्रश्न

जनसेवा न्युज डटकम संवाददाता

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदको महाभियोग सिफारिस समिति र पुर्नस्थापित संसदमाथि नै प्रश्न उठाएका छन् । समितिले जबरासँग दोस्रो दिन बयान लिने क्रममा सोधेको प्रश्नको जवाफ दिने क्रममा घुमाउरो र समिति तथा संसदमाथि नै प्रश्न उठाएका हुन् ।
न्याय सम्पादन गर्न नसकेको तथा भ्रष्टाचारमा मुछिएकोबारे समितिले सोधेको प्रश्नमा जबराले प्रतिप्रश्न गर्दै समिति र संसदमाथि प्रतिप्रश्न गरेका हुन् । ‘ती प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर र धेरै प्रक्रियाबाट जवाफ दिनुभयो । घरीघरी समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो’, समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । जबराले महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ रु भन्दै प्रश्न गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com