२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

काठमाडौँमा ४० दल दर्ता : मनाङ, मुस्ताङ र डोल्पामा पाँच दल मात्रै

काठमाडौँ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दल दर्ता हुँदा मनाङ, मुस्ताङ, डोल्पामा भने सबैभन्दा कम दल दर्ता भएका छन् ।

आगामी ३० वैशाखको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी ४० दलले निर्वाचन आयोगमा दल दर्ता गरिरहँदा मनाङ, मुस्ताङ र डोल्पामा भने ५.५ दल मात्रै चुनावी मैदानमा होम्मिने भएका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौंपछि सबैभन्दा बढी दल दर्ता मोरङमा ३३, सुनसरी र रुपन्देहीमा ३२.३२, ललितपुरमा ३१, रौतहट र झापामा ३०.३० वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन् ।

यसैगरी, १० भन्दा कम दल दर्ता हुने जिल्लामा सल्यान, बझाङ, रोल्पा, रुकुम पश्चिम, जाजरकोट ७.७, पाँचथर, जुम्ला, दैलेखमा ८.८, ताप्लेजुङ, डोटी, तेह्रथुम, पाल्पा, प्युठान, मुगु, हुम्ला र बाजुरामा ९.९ वटा दलले निर्वाचनमा भाग लिने गरी दल दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com