२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

आईजीपी सिंह र काठमाडौंका मेयर शाहबीच भेटवार्ता

आईजीपी सिंह र काठमाडौंका मेयर शाहबीच भेटवार्ता

जनसेवा न्युज डटकम संवाददाता

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।

काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ ।

ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात गर्नेबारे आईजीपी र मेयर शाहको बिचमा छलफल भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । उपत्यकामा सिसिटिभी बिस्तार र चोरी नियन्त्रणका लागि कम्यूनिटी साइरन जडान गर्नेबारे छलफल भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com