२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

‘गठबन्धनभित्रको दलका नेता देशमै नभएका बेला अर्को मोर्चा बन्यो, यसलाई ध्यानमा राख्नुपर्छ’

काठमाडौँ– प्रतिपक्षी दल रास्वपाका सभापति रवि लामिछानेले सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवा देशमा नभएका बेला समाजवादी मोर्चा गठन हुनुलाई संशयसाथ हेरेका छन् । शुक्रबार प्रतिनिधिसभामा जारी  मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले मोर्चाबार चासो व्यक्त गरे ।

‘सत्ता गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको हामीले थाहा पायौँ । यो के हो बुझ्न जरुरी भयो,’ उनले भने, ‘गठबन्धनभित्रको दलका नेता देशमै नभएको बेला, सरकारमै सहभागी भएका दलहरू मिलेर मोर्चा बनाउनु, यसलाई अलि ध्यानमा राख्नुपर्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले प्रभावकारी ढंगले अनुसन्धान नगरेको उनको भनाइ । अनुसन्धान गर्ने निकायमाथि नै प्रश्न उठेको बताउँदै उनले भने, ‘अनुसन्धान गर्ने निकायकै बारेमा प्रश्न आए । अनेक कुराहरू आए । तर, यस विषयमा छानबिन हुन सकेन । छानबिन त सकिएको छैन, तर हाम्रो उत्तर पनि अनुत्तरित नै भयो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com