२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको माओवादी केन्द्र निकट स्रोतले बताएको छ । पछिल्लो समय जसपाभित्र चुलिएको विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको छ ।

पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष भट्टराइले दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । पूर्व माओवादीहरूबीच एकताको प्रयास भैरहेका बेला प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति निवासमै यसअघि दुईपटक छलफल भैसकेको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com