२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

रेशम–पत्नी रञ्जिता कैलाली १ बाट चुनाव लड्ने घोषणा

रेशम–पत्नी रञ्जिता कैलाली १ बाट चुनाव लड्ने घोषणा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । बुधबार कैलालीमा आयोजित एक कार्यक्रममा उनले कैलालीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

क्षेत्र नम्बर १ टीकापुर क्षेत्रमा पर्छ । जहाँ अघिल्लो पटक उनका पति रेशम चौधरी निर्वाचित भएका थिए । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम कैदमै छन् ।

कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो पटक रेशम चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए ।

नागरिक उन्मुक्ति पार्टी गठन भएको केही महिनामै भएको स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जितेर जिल्लामा पहिलो पार्टी बनेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com