२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

यस्तो छ दाजुभाइलाई दिदीबहिनीले र दिदीबहिनीलाई दाजुभाइले प्रार्थना गर्ने मन्त्र

विजया दशमी अर्थात् बडादसैँमा मान्यजनबाट टीकासँगै आशीर्वाद ग्रहण गरिन्छ । बडादसैँमा पुरुष र स्त्रीलाई दिइने आशीर्वादको मन्त्र फरक–फरक भएजस्तै तिहार अर्थात् यमपञ्चकमा दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले मन्त्र पढी प्रार्थना गर्ने विधान छ । ती दुवै मन्त्रका श्लोकको अर्थसहित यहाँ प्रस्तुत गरिन्छ ।
टीका लगाइसकेपछि दिदी–बहिनीले दाजुभाइका लागि प्रार्थना गर्ने मन्त्र ः
मार्कण्डेय नमस्तुऽतु नमस्ते महदायुषे ।
चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।।
आयुःप्रद महाभाग सोमवंश समुद्भव ।
महामते मुनिश्रेष्ठ मार्कण्डेय नमोऽस्तु ते ।।
भ्रातस्ववानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।
यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात् ।
तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि ।।
आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता ।
वाक्पटुत्वमजाङ्यञ्च जायतां तव सर्वदा ।।

अर्थात्,
हे चिरञ्जीवी मार्कण्डेय मुनि ! हजुरलाई नमस्कार छ । जसरी लोकमा हजुर चिरायु हुनुहुन्छ, त्यसरी नै मेरा दाजुभाइलाई पनि दीर्घजीवी बनाइदिनुहोस् ।
सोमवंशी आयुदाता एवं बुद्धिमान है मार्कण्डेय ऋषि ! हजुरलाई प्रणाम छ ।
हे दाजुभाइ ! यो मैले बनाएर दिएको यो शुभ भोजन यमराज र यमुनाका वरप्रसादले अत्यन्त उत्तम छ । यो खानाले यहाँहरूको लामो समयसम्म कल्याण हुनेछ ।
जसरी यमुनाजीले यमराजको दीर्घजीवन प्राप्तिका लागि पूजाअर्चना गरिन् र उनी दीर्घजीवी भए, त्यस्तै मेरा यी दाजुभाइ पनि दीर्घजीवी होऊन् । यस्तै आपसी सौहार्दको कामना राख्दै भगवान्का प्रसादले हामी लामो आयुवाला बन्न सकौँ ।
धर्मराजका वरप्रसादले मेरा दाजुभाइमा सुदीर्घ आयु, धनसम्पत्ति, यशकीर्ति, धीरपन, निडरपन, निरोगिता आदि सुखदायक कुरा सही समयमा सही उत्तर दिने क्षमता चलाखीपनजस्ता अनेकौँ सकारात्मक गुण सदासर्वदा आइरहून् ।

दाजुभाइले दिदीबहिनीहरूलाई टीका लगाइसकेपछि प्रार्थना गर्ने मन्त्र :
त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं च सरस्वती ।
त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा ।।
आयुर्लक्ष्मीर्धनं धान्यं पश्वादिकमरोगिता ।
सर्व त्वदर्चनाद्दीप्तं भवेज्जन्मनि जन्मनि ।।
पतिपुत्रधनैश्वर्यं सौभ्रात्रं जन्मजन्मनि ।
अक्षयं जायतां देवि धर्मराजप्रसादतः ।।

अर्थात्,
हे दिदीबहिनी ! तिमीहरू नै मेरा लक्ष्मीस्वरूपा, अपर्णास्वरूपा, ब्रह्माणीस्वरूपा, सरस्वतीस्वरूपा हौ । तिमीहरूमा त्यो क्षमता छ । त्यसैले तिमीहरूलाई मैले पूजा गर्दा लक्ष्मीहरूलाई पूजा गरेको मानिन्छ ।
देवीस्वरूपा तिमीहरूको पूजाअर्चना गर्नाले हामी सबैको आयु लक्ष्मी वृद्धि पशुधन धान्यादि प्राप्त होस् । साथै स्वस्थ भएर जन्मजन्मान्तर बाँचिरहनुपरोस् ।
हाम्रो आपसी सौहार्द तथा दीर्घताका साथै तपाईं दिदीबहिनीहरूको अखण्ड सौभाग्य पुत्रपौत्रादिसन्तति, धनधान्य ऐश्वर्य आदि जन्मजन्मान्तरसम्म रहिरहोस् । धर्मराजका कृपाप्रसादले कहिल्यै नाश नहुने अटूट सम्बन्ध रहोस् भन्ने कामना गर्दछु ।
यी मन्त्रका संस्कृत श्लोक हामीले चेतोनाथशर्मा आचार्यको पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’बाट लिएका हौँ । संस्कृतबाट अनुवाद प्रा.डा. देवमणि भट्टराईले गरेका हुन् ।)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com