२०८३ जेष्ठ १५ - Fri May, 2026 -

Janasewa News

भोजपुरमा गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने तीन जना माओवादीबाट निष्काशित

भोजपुरमा गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने तीन जना माओवादीबाट निष्काशित

भोजपुर । पाँच दलीय सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिनेलाई नेकपा माओवादी केन्द्र भोजपुरले कारबाही गरेको छ । गठबन्धन तथा पार्टी नीति, निर्णय र निर्देशनविरुद्ध उम्मेदवारी दिने तीन जनालाई माओवादी केन्द्र भोजपुरले पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

नेकपा माओवादी केन्द्र भोजपुरको संयोजक नगेन्द्र भुजेल (शैलेन्द्र) का अनुसार भोजपुर नगरपालिका ११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिका ९ का शेखर तामाङ र षडानन्द नगरपालिका–१३ का ओम कुमार श्रेष्ठलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।

संयोजक शैलेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रतिगमन विरोधी गठवन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै गठवन्धन भन्दा बाहिरी दलको चुनाव चिन्ह लिई मनोनयन दर्ता गरेको हुँदा नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट निष्कासन गरी कारवाही गरिएको छ ।

पार्टीको नीति, निर्णय र निर्देशन विपरीत विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवार दिनेहरुलाई उम्मेदवारीलाई फिर्ता लिन पनि माओवादीले आग्रह गरेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com