२०८१ बैशाख ५ - Wed Apr, 2024 -

Janasewa News

कांग्रेसले पनि कटायो समानुपातिकमा ३ लाख मत

कांग्रेसले पनि कटायो समानुपातिकमा ३ लाख मत

जनसेवा न्युज डटकम संवाददाता

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेसले पनि तीन लाख मत कटाएको छ । मत गणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसले समानुपातिकतर्फ तीन लाख ७३१ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ एमाले सर्वाधिक मतसहित अग्रस्थानमा छ । एमालेले ३ लाख २६ हजार २८७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले हालसम्म समानुपातिकमा १ लाख ६४ हजार ३६७ मत प्राप्त गरेको छ ।

यसैगरी चौथो स्थानमा रहेको माओवादी केन्द्रले एक लाख ४६ हजार ५९२, पाँचौं स्थानमा रहेको राप्रपाले ८५ हजार ६७३ मत प्राप्त गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com