२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा हुनुपर्छ : दुर्गा पौडेल

महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा हुनुपर्छ : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । सांसद पौडेलले प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्‍ने कुरा ऐन बनाएर जान जरुरी रहेको उल्लेख गरिन् ।

उनले निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याउन पनि माग गरिन् । उनले महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा छुट्याएर जानुपर्ने र त्यसको कति संख्या छुट्याउने भन्ने कुरामा छलफल हुन आवश्यक रहेको बताइन् ।

सांसद पौडेलले हरेक राजनीतिक पार्टीमा महिलालाई हेर्ने संकुचित दृष्टिकोण रहेको भन्दै सोच र व्यवहार परिवर्तन गरेर महिला पनि नेतृत्व लिनका लागि सक्षम छन् भन्‍ने कुरामा विश्वस्त हुन आवश्यक रहेको उल्लेख गरिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com