२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

माग पुरा नभए माथिल्लो तामाकोशीको विद्युत उत्पादन बन्द गर्ने करारका कर्मचारीहरुको धम्की

प्राधिकरण को अपिल अराजक गतिविधि गर्न मिल्दैन

आफूहरूलाई स्थायी गर्नुपर्ने माग राखेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार सेवाका कर्मचारीले तिहारका बेला विद्युत् उत्पादन र आपूर्तिमै अवरोध गर्ने चेतावनी दिएका छन्।

चार सय ५६ मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन आजदेखि अनिश्चितकालसम्म बन्द गर्ने चेतावनी स्वतन्त्र कर्मचारी यूनियनको छ।

करार सेवामा रहेका कर्मचारीलाई स्थायी प्रक्रियामा नलगेको तर कर्मचारी थप गर्न खोजेकोमा उनीहरूले विरोध गरिरहेका छन्।

समस्या समाधानका लागि कात्तिक १२ देखि पटकपटक वार्ता भइरहेको थियो। तर कर्मचारी यूनियनले मंगलबार विज्ञप्ति निकालेर थप आन्दोलन गर्ने घोषणा गरेको थियो।

अत्यावश्यक सेवा ऐन २०१४ को दफा ३ को उपदफा १ ले विद्युत् सेवामा हड्ताल निषेध गरेको छ। हड्ताल गर्नेलाई छ महिनासम्म कैद सजाय हुने पनि उल्लेख छ।

अनिश्चितकालसम्मका लागि विद्युत् गृह सञ्चालन बन्द गर्ने यूनियनको घोषणा सरकारले जारी गरेको आदेशको उलंघन हुने अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सूचना निकालेर उल्लेख गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन बन्द गर्ने यूनियनले दिएको चेतावनीमा गम्भीर आपत्ति जनाएको छ। वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने भए पनि अराजक गतिविधि गर्न लागेकोमा प्राधिकरणले असहमति जनाएको छ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले विद्युत् सेवा बन्द गर्न नमिल्ने बताए।

‘उनीहरूले विद्युत् आपूर्ति अवरोध गर्ने भन्ने विज्ञप्तिमार्फत् थाहा पाइयो। यो अराजक गतिविधि हो,’ उनले भने, ‘हड्तालले समस्याको समाधान हुन्न। वार्ता गर्ने हो। टाउको दुख्यो भने घाँटी नै काटेर फालेर त समाधान हुन्न नि,

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com