जनताको पक्षमा उभिएर काम गर्न पार्टी निकट मन्त्रीहरुलाई प्रचण्डको निर्देशन
प्रकासित १८ कार्तिक २०७८, बिहीबार जनसेवा न्युज संवाददाता
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन्
आज दिपावली को शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भई उनले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम गर्न समेत
निर्र्देशन दिएका छन्। एदी पार्टीको निर्देशन उल्लघंन गरे कार्बाही गर्ने बताए ।
पार्टीमा ठुलो सानो जोसुकै पदको भएपनि राम्रो काम नगर्ने मन्त्रीको पहिचान गरी कडा एक्सन लिने जानकारी गराउनु भयो । ‘हाम्रा मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको भएपनि हामी कडा एक्सन चाल्नेछौँ अहिले । तपाईँहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौँ’ उनले भने ।
अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको पनि बताए । उनीहरुको मुख्य तारो आफू बनेको पनि प्रचण्डले जिकिर गरे ।
‘देशी विदेशी प्रतिक्रियावादीहरु कुनै न कुनै रुपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरेपनि नहुने, उनीहरुले तारो बनाए तपाईंहरुलाई थाहा छ, उनीहरुको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व । किनकी पार्टी फुटाउँदा पनि केही सीप लागेन । पार्टी तीन टुक्रा, चार टुक्रा बनाउँदा पनि प्रचण्ड ज्यूँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ फेरि जागेर आउँदो रहेछ भन्ने अहिले देखियो ।