२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

नेकपा एमालेका नेता प्रभु साह रौतहट पुगेर गर्जिए राष्ट्रघाती एमसीसी रोक्नु पर्छ

जनसेवान्यूज संवाददाता

नेकपा एमालेका नेता प्रभु साहले एमसिसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताएका छन् । दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटको फतुवा विजयपुर नगरपालिका–३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले एमसीसी सम्झौता देश र जनताको लागि हितमा नरहेको र संसदबाट अनुमोदन गरेर यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिने जिकिर गरे ।

माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताए । ‘तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले देशमा एमसीसी सम्झौता गर्नका लागि सरकार लालायित छ । केही अर्ब पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक छ’, नेता साहले भने, ‘कांग्रेस मात्र होइन कम्युनिष्ट खोल ओढेका माधव र प्रचण्ड र जसपा र सा पार्टीका उपेन्द्र यादव पनि एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन्।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्रहा नेता त्रिभुवन साह, एमाले जिल्ला सचिव मनोज यादव, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी महतो, वडाध्यक्ष ब्रह्मा नारायण यादवलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com