२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सिक्री काण्डका कारण दीपकबाट खोसियो टिकट, कृष्ण थापालाई दिइयो

सिक्री काण्डका कारण दीपकबाट खोसियो टिकट, कृष्ण थापालाई दिइयो

 

काठमाडौँ । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरका दाबेदार दीपक पौडेललाई दिइएको टिकट फिर्ता गरेको छ । पार्टीले कृष्ण थापालाई मेयरको नयाँ उम्मेदवारका रुपमा अघि सारेको छ ।

आज (सोमबार) बिहान बसेको एमाले सचिवलाय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले यसअघि टिकट दिइएका पौडेलबाट उक्त टिकट फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि शनिबार एमालेले पौडेललाई नै टिकट दिएको थियो । तर सिक्री काण्डमा मुछिएको भन्दै पौडेलको आलोचना भएपछि पार्टीले निर्णय फेरेको छ । पौडेलको पुरानो भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना र विरोध भइरहेको छ । यसबाट पार्टीको छवि बिग्रने देखेर एमाले नेतृत्व तहबाटै निर्णय फेरिएको हो ।

पौडेल गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलका हुन् । पृथ्वीसुब्बा स्वयं एमाले अध्यक्ष ओली पक्षधर मानिन्छन् । थापा भने एमाले केन्द्रीय सदस्य खगराज अधिकारीको प्यानलका हुन् । यी दुवै समूहबीचको टक्करले समेत निर्णयमा बदलाव आएको बताइन्छ ।

शनिबार नै एमालेले पोखरा महानगरपालिकाको उपमयेरमा भने मन्जु गुरुङलाई नै दोहोर्याउने निर्णय गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com