२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

ओलीले गरे पाँच दलीय गठबन्धनलाई कडा प्रहार

काठमाण्डौ – शक्तिशाली प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले लोकतन्त्रको रक्षक होईन ‘भक्षक’ हो भन्दै उनले आरोप लगाए । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभइ आफ्नो स्वार्थ पुर्ती गर्नको लागी मात्रै जनतालाई भ्रम छोड्दै हिडेको दाबी गर्नुभयो ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनलाई देशको हितको लागी नभइ आफ्नो हितको लागी स्वार्थ पूरा गर्न लागेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले हुँदैनथ्यो भने १७ साल अस्ति नै आइसक्थ्यो । तर यहाँ एमाले छ । त्यस कारण १७ साल आउन सक्दैन । २००७ सालपछि १७ साल आइहाल्यो नि । आउँथ्यो यहाँ पनि । संविधान भनेको एउटा पुस्तक हो । बलजफ्ती गर्‍यो भने च्यात्न कतिबेर लाग्दैन । तर नागरिक सचेत छ भने उनीहरूको मनोबल च्याप्न सकिँदैन । त्यसै कारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेका छन् । त्यस्ता परमादेशहरू, प्रतिगामी परमादेशहरू अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौँ, तर देशलाई तलमाथि हुन दिँदैनौँ । हामी सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ । हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौँ । हामीले सात दशकभन्दा बढी सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र हो, बलिदान दिएर ल्याएको लोकतन्त्र हो । नेकपा एमाले यो अठोटमा भएकै हुनाले लोकतन्त्र जीवित छ, होइन भने अहिले यो पाँच दलीय गठबन्धन भन्ने छ नि । बर्को राधे–राधे लगाएका हुन् कि, रामराम लगाएका हुन् कि, कृष्ण–कृष्ण लगाएका हुन् यी सबै लोकतन्त्रको भक्षकहरू हुन् । यिनीहरूलाई सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ । देश होइन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैल्याउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत प्रतिरोध गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com