२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तत्काल सरकारमा सहभागी नहुने निर्णय

जनसेवा न्युज डटकम संवाददाता

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने भएको हो।

‘हामी हाम्रो राजनीतिक मुद्दामा केन्द्रित छौँ। अहिले हामीले सरकारलाई समर्थन मात्रै गरेका हौँ। तत्कालै सरकारमा जाने हाम्रो सोच छैन,’ उनले सेतोपाटीसँग भनिन्।

श्रेष्ठले आज डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग छलफल समेत गरेकी थिइन्।

‘आजको भेटघाट कुनै राजनीतिक सवालमा केन्द्रित थिएन। सामान्य र नियमित भेट अर्न्तगत भएको हो,’ उनले भनिन्।

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा ४ जना सांसद छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com