२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

बार एसोसिएशनले प्रधानन्यायाधीशविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ

काठमाण्डौ – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध भइरहेको आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ ।

बार ले विज्ञप्ति निकाल्दै भोलि सोमवारदेखि न्यायालय शुद्धीकरण गर्ने अभियानलाई निरन्तरता दिने जनाएको हो ।

बार एसोसिएशनले सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितका विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको हो ।

‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गएको कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमहरू सम्पन्न भएका छन् । मिति २०७८ कात्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिइने भएकाले काठमाण्डौ उपत्यकामा रहनुभएका सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई यस कार्यक्रममा बिहान १०ः३० बजे नेबाएमा उपस्थित भइ न्यायपालिकाको शुद्धीकरण गर्ने नेबाएको अभियानमा एक घण्टा कालो पट्टीसहितको विरोध कार्यक्रममा सरिक भइदिनुहुन हार्दिक आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com