२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

समन्वय समिति बनाउन पाँच सत्तारुढ गठबन्धनको बैठक

सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने भएका छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बोलाइएको बैठककमा यसबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी थियो । तर त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको एक नेताले बताए । उनले भने, ‘शीर्ष नेताहरु पनि बस्नुहुन्छ । हरेक दलबाट सम्भवतः ३र३ जना रहन्छौं होला ।’

गठबन्धनका पाँचमध्ये चार दल सरकारमा छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समानवादी र जनता समाजवादी पार्टीका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको मस्यौदा समेत बनाइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com