पाँच दलिय सत्तारुढ बैठकको निर्णय राष्ट्रिय सभाको चुनाव मिलेर लड्ने सहमती
काठमाडौं ।बैठकमा सहभागी भएका सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले आगामी बैठकमा प्रधानन्यायाधीश बारे छलफल गर्ने भन्दै पाँच दलीय समन्वय समिति गठन गरेको छ । सोमबार बसेको सत्तारुढ दलको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाको राजीनामा प्रकरणले प्रवेश पाएन ।
प्रधानन्यायाधीश जबराको राजीनामा प्रकरणले इजलास बन्द र न्यायाधीशहरु सडकमा छन् । कोही न्यायाधीशहरु भने प्रधानन्यायाधीश जबराको बचाउ गर्दै अदालतमा पार्टीका कार्यकर्ताहरु प्रवेशमा निषेध गर्न माग गरेका छन् ।
तर, प्रधानन्यायाधीशको विषय गठबन्धनको बैठकमा कुनै छलफल भएको छैन । बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ ।
यस्तै, आगामी राष्ट्रियसभा चुनावमा सँगै मिलेर जाने सहमति पनि भएको छ । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । २० जनामध्ये १९ जना निर्वाचनमार्फत चयन गरिनेछ ।