२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सभापति देउवालाई कांग्रेसका महिला सांसदको सुझाब : सरकारको नेतृत्व अब पनि कांग्रेसले नै गर्नुपर्छ

सभापति देउवालाई कांग्रेसका महिला सांसदको सुझाब : सरकारको नेतृत्व अब पनि कांग्रेसले नै गर्नुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महिला सांसदहरूले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन् । वालुवाटरमा शनिवार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिएका हुन् ।

उनीहरूले निर्वाचनका बेला पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भनेर मत मागेको र सोही आधारमा कांग्रेसलाई जनताले सबैभन्दा ठूलो पार्टी बनाएर पठाएको बताएका थिए । उनीहरूले हालको गठबन्धन नभत्काइ कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए ।

सभापति देउवाले पनि यसै विषयमा गठबन्धनमा कुरा भइरहेको र हिजो दिनमा जस्तै हामी सरकारमा जादैनौं भन्दा पनि जानु पर्ने अवस्था आएको थियो त्यस्तै अवस्था आउन सक्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com