प्रधानन्यायाधीश जबरा राजिनामा दिने मोडमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा दिने मोडमा पुगेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीहरुको चेतावनीपछि राजीनामा दिने मोडमा पुगेको स्रोतको दाबी छ ।
मन्त्रिपरिषद् विस्तारमा ‘भाग खोजेको’ पछि प्रधानन्यायाधीश जबराको राजीनामा माग हुँदै आएको थियो । अहिले भ्रष्टाचारलगायत न्यायपालिकामा विद्यमान अन्य विकृति र विसङ्गति समेत उनको पालामा मौलिएको भन्दै चर्को विरोध हुँदै आउएको छ ।
आफूले भाग नखोजेको भन्दै सर्वोच्च अदालतका तर्फबाट प्रधानन्यायाधीशले खण्डन गरेपनि मुद्दाको पेसी स्वचालित तरिकाबाट हुनुपर्ने आदि विषय उठाएर नेपाल बार एशोसिएशन पनि आन्दोलित बनेको छ । अहिले नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ ।
गत कात्तिक ८ मा नै सर्वोच्च बारले प्रधानन्यायाधीश जबरा सम्पूर्ण रूपले असफल भइसकेको निष्कर्षसहित उनले पद छाडेर निकास दिनुपर्ने निर्णय गरेको थियो ।