२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने भएको हो ।

एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार राष्ट्रिय सभा गृहमा बस्ने बैठक यहि फागुन २२ गतेसम्म चल्नेछ ।

पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको र केही दिन लम्बिन सक्नेछ ।

आज बस्ने बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुन सक्ने उनको भनाइ छ ।

संसदबाट एमसीसी अनुमोदन भएपछि पार्टिभित्र मतभेद देखिएको छ । सम्भवत यस विषयमा पनि आजको बैठकमा छलफल हुन सक्ने बुझिन्छ ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतको फरक मत रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com