२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सञ्चारमन्त्री कार्की रुवान्डा प्रस्थान

सञ्चारमन्त्री कार्की रुवान्डा प्रस्थान

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म हुन लागेको सम्मेलनमा सहभागी हुन उनी आज साँझ ७ बजे फ्लाई दुबईको उडानबाट रुवान्डा प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडालगायत सहभागी छन् । सम्मेलनमा सहभागी भई मन्त्री कार्की यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ । रासस

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com