तिन प्रदेश प्रमुखलाई राष्ट्रपतिले खुवाए सपथ
![](https://www.janasewanews.com/wp-content/uploads/2021/11/prade-1.jpg)
![](https://janasewanews.com/wp-content/uploads/2021/11/prade-1-1.jpg)
नवनियुक्त तीन जना प्रदेश प्रमुखहरूले सपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आज प्रदेश नम्बर १, कर्णाली, सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई सपथ खुवाएकी हुन्।
सरकारले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो।
प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव र कर्णालीमा गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख थिए।